गल्छी–३ मा गठबन्धन तर्फबाट माओबादी केन्द्रका उम्मेदवार विजयी

धादिङ,०१ जेठ ।

धादिङको गल्छी गाउँपालिका वडा नं ३ मा गठबन्धनको तर्फबाट माओबादी केन्द्रका उम्मेदवार राजन भुजेल वडाअध्यक्षमा विजयी हुनुभएको छ ।

भुजेलले उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका कपिल रेग्मीलाई २३७ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो । भुजेलले ७२५ मत प्राप्त गर्नुभएको छ भने रेग्मीले ४८८ मत ल्याउनुभएको छ ।

वडा नं ३ मा गाउँपालिका अध्यक्ष पदमा सुर्य चिन्हको ४८८ गठबन्धन कलम चिन्हको ७१० ,उपाध्यक्ष पदमा सुर्य चिन्हको ४६६ र गठबन्धनको रुख चिन्हको ७०० मत प्राप्त भएको छ ।

यसअघि गल्छी गाउँपालिकाको वडा नं १ र २ मा एमालेका उम्मेदवारले विजयी हासिल गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्