२४ घन्टामा ७ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित १४२

धादिङ,०१ जेष्ठ ।

देशभर थप ७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घन्टामा देशभर २ हजार १८८ नुमना परीक्षण गर्दा ७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

जसमा २ हजार ९२ आरटी पिसिआर विधिबाट परीक्षण गर्दा ७ जना र ९६ एन्टीजेन परीक्षणमा शुन्यमा संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १५ जना स्वस्थ भएका छन् भने मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।

योसँगै हालसम्म कोरोना संक्रमणबाट ११ हजार ९ सय ५२ जनाले ज्यान गुमाएका छन् । देशभर सक्रिय सङ्क्रमितको सङख्या १ सय ४२ रहेको छ । देशभर आजसम्म ११ लाख १९ हजार २०५ कोभिड संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्