ससाहमा मोटरसाइकल दुर्घटना: एकको मृत्यु, एकजना गम्भीर घाइते

धादिङ,०२ जेठ ।
धादिङको नीलकण्ठ नगरपालिका–८ ससाहमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा नीलकण्ठ नगरपालिका वडा नं ७ का २९ वर्षीय अर्जुन पोखरेल रहेका छन् ।

आज दिउँसोगजुरीबाट धादिङबेसी आउदै गरेको बा ०२–०३३ प ३३९४ नम्बरको मोटरसाईकल र धादिङबेशीबाट मलेखुतर्फ जाँदे गरेको बा ५ ख ७०७२ नम्बरको आइचर ट्रकसँग ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

पोखरेलको धादिङ अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा परी नीलकण्ठ नगरपालिका वडा नं ३ का २४ वर्षीयसन्तोष अधिकारी गम्भीर घाइते भएका छन् । घाईते अधिकारीलाई धादिङ अस्पतालमा सामान्य उपचारपछि काठमाडौँ रिफर गरिएको प्रहरीले जनाएको छ ।

मृतक पोखरेल शुक्रबार भएको स्थानिय तह निर्वाचनमा (नेपाली काँग्रेस,माओवादी र समाजबादी)को गठबन्धनबाट नीलकण्ठ–७ को वडा सदस्यका उम्मेदवार समेत हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्