नीलकण्ठ–६ को वडाध्यक्षमा गोलाप्रथाबाट काँग्रेसका भुपेन्द्र श्रेष्ठ विजयी

धादिङ,०५ जेठ ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नं ६ को अध्यक्षको छिनोफानो गोलाप्रथाबाट भएको छ । गत शुक्रबार भएको स्थानिय तहको निर्वाचानमा बराबर मत आएपछि आज बिहिबार गोलाप्रथा हुँदा नेपाली काँग्रेसका भुपेन्द्र श्रेष्ठ विजयी भएका छन् ।

निर्वाचनमा उनको र नेकपा माओवादी केन्द्रका उम्मेदवार लक्ष्मण रम्तेलको बराबर ७ सय ३८–७ सय ३८ मत आएको थियो । त्यसपछि गोलाप्रथा हुँदा श्रेष्ठ विजयी भएका हुन् ।

वडा अध्यक्षमा बराबर मत आएपनि ४ वटा वडा सदस्यहरुमा भने नेपाली काँग्रेसकै उम्मेदवारहरु विजयी भईसकेका थिए । नामको बर्णानुक्रम अनुसार पहिले भुपेन्द्रले गोला थुत्दा विजयी भएको बताइएको छ । यो वडामा यसअघि नेकपा एमालेले जितेको थियो । यस पटक एमाले तेस्रो स्थानमा पुगेको छ ।

गत बैशाख २८ गते राती नेपाली काँग्रेसका उम्मेद्वारहरुलाइ आक्रमण गरेर गम्भीर घाइते बनाएको अभियोगमा माओवादी केन्द्रका उम्मेद्वार रम्तेल प्रहरी हिसासतमा छन् भने उक्त घटनामा गम्भीर घाइते भएका काँग्रेसका उम्मेद्वार श्रेष्ठ काठमाण्डौमा उपचाररत छन् ।

गोला झिक्नको लागि रम्तेललाइ प्रहरी हिरासतबाट मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लगिएको थियो भने भुपेन्द्रको तर्फबाट काँग्रेस धादिङका पार्टी सभापति रोहवर बसेका थिए ।

आक्रमणमा संलग्न भएको आरोपमा ४ जना माओवादी कार्यकर्ताहरु प्रहरी हिसासतमा पुगेपछि उनीहरुले मतदान गर्न पाएका थिएनन् । ४ जनाले मतदान गर्न नपाउनु नै माओवादीलाइ अभिसाप बन्न पुगेको थियो ।

घाइैते काँग्रेसका श्रेष्ठ भने घाइते अवस्थामा नै एम्वुलेन्स चढेर मत हाल्न आएका थिए भने माओवादीका रम्तेललाई मत हालेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्