कांग्रेसका उम्मेदवार साढे दुई सयभन्दा बढी पालिका प्रमुखमा विजयी 

काठमाडौं, ५ जेठ । 

स्थाीय तह निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसले हालसम्म साढे दुई सयभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्षमा जीत हात पारेको छ । 

निर्वाचन आयोगका अनुसार कांग्रेसका उम्मेदवारले हालसम्म २५२ पालिकाको प्रमुख तथा अध्यक्ष पदमा विजयी बनिसकेका छन् । स्थानीय तह निर्वाचनको हालसम्म मतगणना सकिएका पालिकामध्ये सबैभन्दा बढीमा कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । 

हाल मतगणना भइरहेका पालिकामध्ये ६८ वटाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवारको अग्रता रहेको छ । गत ३० वैशाखमा देशका ७५३ वटै स्थानीय तहमा एकसाथ निर्वाचन भएको थियो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्