धादिङमा जेष्ठ १५ देखि जिल्ला स्तरिय सहकारी सम्मेलन हुँदै

धादिङ,०५ जेठ ।
धादिङबेसीमा जेठ १५ गते देखि जिल्ला स्तरिय सहकारी सम्मेलन हुने भएको छ । देश विकासको लागि सहकारीको यात्रा आर्थिक, सामाजिक विकास र गुणात्मक सुधारमा केन्द्रित हुनुपर्ने भन्दै धादिङ बचत तथा ऋण सहकारी संघले यहि जेठ १५ देखि जिल्ला स्तरिय सहकारी सम्मेलन गर्ने भएको हो ।

सहकारी सम्मेलनमा धादिङ जिल्लाका सबै सहकारीकर्मीहरु एकै ठाउँमा भेला भएर सहकारी आन्दोलन, नेपालमा सहकारीको वर्तमान अवस्था र भावि कार्यदिशा, सहकारी क्षेत्रका अवसर र चुनौती, सहकारीका अन्तराष्ट्रिय अभ्यास र नेपालमा त्यसको सम्भावना, सहकारी सम्बन्धी ऐन, कानुन र त्यसमा सुधार गर्नुपर्ने बुँदाहरु जस्ता महत्वपूर्ण विषयहरुमा छलफल तथा अन्तरक्रिया हुने र धादिङ जिल्लामा रहेका विभिन्न सहकारी संघ संस्थाका संचालक तथा व्यवस्थापनमा रहेर काम गरिरहेका सहकारी कर्मीहरुको प्रतिनीधिमुलक सहभागीतामा कार्यक्रम संचालन गर्न लागिएको आयोजकले बताएको छ ।

सम्मेलनमा दुईसय भन्दा बढी सहकारीका प्रमुख तथा प्रतिनीधिहरु सहभागी बताईएको छ ।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्