थाक्रेको अध्यक्षमा एमालेका आचार्य र उपाध्यक्षमा माओवादीका थापा विजयी

धादिङ,०६ जेठ ।
थाक्रे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका रामकुमार आचार्य र उपाध्यक्षमा माओवादी केन्द्रका यन्त्रबहादुर थापा विजयी भएका छन्।

अध्यक्षमा बिजयी भएका आचार्यले १० हजार ३ सय ५५ मत पाउँदा उनका निकटतम प्रतिद्धन्द्धि गठबन्धन तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार रामप्रसाद विडारीले ८ हजार १ सय १६ मत पाए ।

यस्तै उपाध्यक्षमा बिजयी भएका माओवादी केन्द्रका थापाले ९ हजार ४ सय ३१ मत ल्याउदा उनका प्रतिद्धन्द्धि नेकपा एमालेका उम्मेदवार अम्बिका रुपाखेतीले ९ हजार ९१ मत प्राप्त गरिन् ।

थांक्रे गाउँपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका श्याम थापा,वडा न. २ मा माओवादी केन्द्रका टिकाराम तामाङ, वडा नं ३ मा माओवादी केन्द्रका बिजय तामाङ, वडा नं ४ मा एकिकृत समाजवादिका आशाराम तामाङ, वडा नम्बर ५ मा नेकपा एमालेका सन्त बहादुर वाईबा विजयी भएका छन् ।

त्यस्तै वडा नं ६ मा माओवादी केन्द्रका हिरा बहादुर थापा, वडा नं ७ मा नेकपा एमालेका युवराज खतिवडा, वडा नं ८ मा एकिकृत समाजवादीका रामेश्वर थापा, वडा नम्बर ९ मा नेकपा एमालेका श्याम चन्द्र आचार्य,वडा नम्बर १० मा नेकपा एमालेका गोकुल लामिछाने र वडा नम्बर ११ मा नेपाली काँग्रेसका शुर्दशन पाण्डे विजयी भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्