अष्ट्रेलियामा सङ्घीय निर्वाचनका लागि देशभरी मतदान हुँदै

क्यानबेरा, जेठ ७ गते । 

अष्ट्रेलियामा शनिबार देशभरि सङ्घीय निर्वाचनका लागि मतदान भइरहेको छ ।

स्थानीय समय अनुसार बिहान ८ बजेदेखि सुरु भएको मतदान बेलुका ६ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ । 

निर्वाचनमा गठबन्धन र लेबर पार्टीका बीचमा प्रतिस्पर्धा हुने देखिएको छ । आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्नका लागि दुवै पक्षले बहुमत ल्याउने कसरत गरेका छन् ।

उनीहरुमध्ये कुनै एउटा पक्षले मात्रै बहुमत ल्याउन सकेनन् भने त्रिशङ्कु संसद् बन्ने छ र त्यसको प्रभाव सरकार निर्माणमा पनि पर्नेछ । त्यस्तो अवस्थामा गठबन्धन वा लेबरले साना दलका सांसद र स्वतन्त्र सांसदहरूलाई आफ्नो पक्षमा तान्नु पर्छ ।

अष्ट्रेलियाको तल्लो संघीय संसदमा बहुमत पुर्याउनका लागि कम्तीमा ७६ सिट जित्नुपर्दछ । अष्ट्रेलियाको तल्लो सङ्घीय संसदमा १५१ सिट  छ ।

अष्ट्रेलियामा १८ वर्ष पूरा भएका हरेक नागरिकले अनिवार्य मतदान गर्नुपर्ने व्यवस्था छ । निर्वाचन आयोगका अनुसार यो वर्ष मतदाताको कुल सङ्ख्या एक करोड ७० लाखभन्दा बढी छ । तर मतदानका लागि योग्यता भएका ८० लाखभन्दा बढीले मतदान गर्ने अपेक्षा गरिएको छ । देशभरी सात हजारभन्दा बढी मतदान केन्द्रहरू तोकिएका छन् । –रासस

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्