विमान दुर्घटनामा एकै परिवारका चार सदस्यसहित पाँच जनाको मृत्यु 

एजेन्सी 
पेरिस, ८ जेठ । 

फ्रान्सको उच्च पहाडमा  एउटा  पर्यटक विमान दुर्घटना हुँदा  एकै परिवारका चार सदस्यसहित पाँच जनाको मृत्यु भएको त्यहाँको उद्धार सेवाले जनाएको छ । 
शनिबार दिउँसो दक्षिणपूर्वी फ्रान्सको ग्रेनोबलनजिकै भर्साउड एयरफिल्डबाट उडान भरेको केही समयपछि दुर्घटना भएको थियो । विमानस्थलबाट दुर्घटनाग्रस्त क्षेत्र आधा घन्टाको दूरीमा पर्छ । 

विमानको जलेको भग्नावशेषमा चार वयस्क र एक बच्चाको शव फेला परेको दुर्घटनाका प्रत्यक्षदर्शीहरूले आपतकालीन सेवाहरूलाई जानकारी दिएका छन् । आगो निभाउन करिब ६० अग्नि नियन्त्रक परिचालन गरिएका थिए । 

दुर्घटनाबारे छानबिन सुरु हुने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्