युक्रेन संकटको समाधान कूटनीतिक माध्यमबाट मात्र सम्भव: जेलेन्स्की

एजेन्सी
न्युयोर्क, ८ जेठ।

युक्रेन युद्ध कूटनीतिक माध्यममार्फत मात्र समाधान गर्न सकिने युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । राष्ट्रिय टेलिभिजनमा बोल्दै उनले युद्ध मैदानमा आफ्नो देश विजयी हुने दाबी गरे ।

युक्रेनमाथि रुसले २४ फेब्रुवरीदेखि हमला गरिरहेको छ । पछिल्लो समयमा रुसी सेनाले पूर्वी युक्रेनलाई केन्द्र बनाएर हमला गरेको छ । 

उनले अगाडि भने, ‘युद्ध वार्ताको टेबलबाट मात्र रोक्न सकिन्छ । ’ यसैबीच, सेभेरोदोनेत्स्क र वरपर भीषण  लडाइँ भइरहेको छ ।  रुसी सेनाले लुहान्स्क क्षेत्रलाई कब्जा गर्न प्रयास गरिरहेकाे छ । 

दक्षिणी बन्दरगाह सहर मारिओपोलमा भएको लडाइँको अन्त्यपछि रुसी सेना अन्य क्षेत्रमा केन्द्रित छ । रुसीहरूले सेभेरोदोनेत्स्कलाई विस्तारै घेरेपछि त्यहाँ ध्वस्त पारिरहेका स्थानीय गभर्नर सेर्ही हाइडाईले बताए ।

उनले भने कि युक्रेनी सेनाले फ्रन्टलाइनमा ११ वटा आक्रमणलाई बिफल पारिदिएको उनले बताए । तर, सो दाबीको स्वतन्त्र पुष्टि हुन सकेको छैन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्