२ हजार २२६ नुमना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि

धादिङ,०८ जेठ ।

देशभर थप ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घन्टामा देशभर २ हजार २२६ नुमना परीक्षण गर्दा ६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

जसमा १६ सय ९६ आरटी पिसिआर विधिबाट परीक्षण गर्दा ६ जना र ५३० एन्टीजेन परीक्षणमा शून्यमा संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १३ जना स्वस्थ भएका छन् भने मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।

योसँगै हालसम्म कोरोना संक्रमणबाट ११ हजार ९ सय ५२ जनाले ज्यान गुमाएका छन् । देशभर सक्रिय सङ्क्रमितको सङख्या १ सय ४१ रहेको छ । देशभर आजसम्म ११ लाख १९ हजार २७७ कोभिड संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्