३२० पालिका प्रमुखमा कांग्रेसको जित 

काठमाडौं, ९ जेठ । 

नेपाली कांग्रेसले हालसम्म ३२० वटा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेको छ । देशका ७२९ वटा पालिकाको मतगणना सम्पन्न हुँदा कांग्रेसका उम्मेदवारले ३२० वटा पालिका प्रमुख तथा अध्यक्ष पद जितेका हुन् । 

निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो ।  आयोगका अनुसार अहिले २४ वटा पालिकाको मतगणना भइरहेको छ । मतगणना भइरहेका पालिकामध्ये ६ वटाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवारको अग्रता रहेको छ ।  

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्