१९९ पालिका प्रमुखमा एमालेका उम्मेदवार विजयी 

काठमाडौं, ९ जेठ । 

नेकपा एमालेले देशका १९९ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । एमालेका उम्मेदवारले हालसम्म मतगणना सम्पन्न भएका ७२९ पालिकामध्ये १९९ वटाको प्रमुख तथा अध्यक्षमा जित निकालेका हुन् । 

निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । आयोगका अनुसार अब मात्र २४ वटा पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ । 

मतगणना जारी भएका पालिकामध्ये ६ वटामा एमालेको उम्मेदवारको अग्रता रहेको आयोगले जनाएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्