साढे तीन सय केजी गाँजा बरामद 

मकवानपुर, ९ जेठ ।

प्रहरीले मकवानपुरबाट साढे तीन सय केजी गाँजा बरामद गरेको छ । 

थाहा नगरपालिका–३ बायोखोलास्थित सडक छेउमा रोकी राखेको ना.६ ख ३२४३ नम्बरको मिनी ट्रकबाटबाट प्रहरीले उक्त गाँजा आइतबार राति बरामद गरेको हो । 

इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उक्त ट्रक तलासी गर्दा बोरामा प्याक गरेको अवस्थामा १४ वटा पोकामा रहेको उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्