१५ जेठदेखि यार्सा संकलन खुला

मुगु, ९ जेठ  । 

मुगुम कार्मारोङ्ग गाँउपालिकाले १५ जेठदेखि मुगुमको पूर्वी करान भेगमा यार्सागुम्बु संकलन गर्न खुला गरेकाे छ । यसअवधिमा जिल्ला भित्र र बाहिरबाट आउने सर्वसाधरणले यार्सा संकलन गर्न सक्नेछन् ।    

वन प्रवेशका लागि गाँउपालिकाले कर उठाउने र कर बुझाएका संकलनकर्ताले १५ जेठबाट वन प्रवेश गर्न पाउने मुगुम कार्मारोङ्ग गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावलले बताए । 

उनका अनुसार जिल्ला भित्रका सर्वसाधारणबाट प्रति व्यक्ति दुई  हजार र बाहिर जिल्लाबाट आउने संकलनकर्ताबाट २५ सयका दरले गाउँपालिकाले कर उठाइने भएको छ । मुगुम कार्मारोङ्ग गाँउपालिका-२ मुगु गाउँको रिमाण, ठुलोकोईकी, सानो काेईकी, छापाखोला, र्चाकु लगायत वनमा यार्सा पाइन्छ । 

यार्साबाट उठेको रकम गाउँपालिकामा जम्मा हुने र पछि गाउँपालिको बोर्ड मिटिङ्गमा छलफल गरी कहाँ कसरी खर्च गर्ने भन्ने बिषयमा छलफल गरिनेछ ।

यार्सा संकलनको समयमा वन प्रवेशपछि वातावरणमा खलल् पुग्ने कार्य नगर्न गाउँपालिकाले आग्रह गरेको छ । १५ जेठबाट यार्सा संकलनको समय अवधिभर वातावरणलाई खलल् पुग्ने कार्य नगर्न आग्रह गरेको छ ।

यार्सा संकलनका क्रममा जथाभावी सिसा, प्लाष्टिक नफाल्न र रुख बिरुवा नकाट्न, चाेरी निकासी नगर्न आग्रह गरेकाे गाउँपालिकाले जनाएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्