धादिङमा नवनिर्वाचित पालिका प्रमुखहरुले लिए सपथ

धादिङ,०९ जेठ ।
धादिङमा नवनिर्वाचित स्थानीय तहका प्रमुखहरुले सपथ लिएका छन् ।

सोमबार जिल्ला समन्वय समितिको हलमा आयोजित कार्यक्रमका बिच मुख्य निर्वाचन अधिकृत (जिल्ला अदालत धादिङका न्यायाधीश)रमेशप्रसाद ज्ञवालीले २ नगरपालिका प्रमुख र ११ गाँउपालिकाको अध्यक्षमा निर्वाचित जनप्रतिनिधिलाई सपथ खुवाएका हुन् ।

नीलकण्ठ नगरपालिका मेयर भीमप्रसाद ढुंगाना, धुनीबेसी नगरपालिका मेयर बालकृष्ण आचार्य, थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्य, गल्छीका अध्यक्ष केदारनाथ खतिवडा, गजुरीका अध्यक्ष गणेशलाल श्रेष्ठ, बेनिघाट रोराङका अध्यक्ष कृष्णबहादुर थपलिया, सिद्धलेकका अध्यक्ष परशुराम खतिवडा, ज्वालामुखीका अध्यक्ष यामनाथ दनै, त्रिपुरासुन्दरीका अध्यक्ष राजु उप्रेती, नेत्रावती डबजोङका अध्यक्ष मेघनाथ रिजाल, गङ्गाजमुनाका अध्यक्ष भक्तबहादुर लामा, खनियाबासका अध्यक्ष रणबहादुर तामाङ र रुवी भ्यालीका अध्यक्ष रामसिंह तामाङले शपथ लिएका हुन् ।

शपथ ग्रहण कार्यक्रममा कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी, माओवादी केन्द्रका जिल्ला संयोजक मनराज भण्डारी, पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु, कार्यालय प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

सपथ ग्रहणपछि पालिका प्रमुखहरुले आफ्नो पालिकामा सुशासन कायम राख्दै भ्रष्ट्राचार र बेथितिहरु न्यूनीकरणका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । १३ स्थानीय तहमा १०४ वडा रहेको धादिङमा कांग्रेसले ७ पालिका, माओवादी केन्द्रले ३ पालिका, एमालेले २ र एकीकृत समाजवादीले १ पालिकामा अध्यक्ष जितेका छन् ।

यसैगरी १०४ वडाको मतपरिणाम अनुसार कांग्रेसले ३५, माओवादी केन्द्रले ३२, एमालेले २१, एकिकृत समाजबादीले ७, राप्रपाले ४, स्वतन्त्र उम्मेदवारले ४ र जसपाले १ वडाध्यक्ष जितेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्