नीलकण्ठकोे प्रथम नगर कार्यपालिकाको बैठक : यस्ता छन् ४ महत्वपुर्ण निर्णयहरु

धादिङ, १० जेठ
धादिङको नीलकण्ठ नगरपालिकाको प्रथम नगर कार्यपालिकाको बैठक सोमबार सम्पन्न भएको छ ।

सपथ तथा पद वहाली लगत्तै बसेको कार्यपालिकाको बैठकले महत्वपुर्ण ४ वटा निर्णय गरेको छ । बैठकले पाँच बर्षको कार्यकालमा १४ वटै वडा कार्यालयसम्म पुग्ने मोटरबाटोलाई कालोपत्रे गर्ने निर्णय गरेको छ ।

यसैगरी नगरपालिकामा एक बहुप्राविधिक शिक्षालय स्थापना गरी प्राविधिक जनशक्ति उत्पादन गर्ने निर्णय भएको छ । उक्त कामको लागि नगर उपप्रमुखको नेतृत्वमा आवश्यक काम कारबाही अघि बढाउने निर्णय बैठकले गरेको छ ।

नगरपालिलाई बालमैत्री नगरपालिका घोषणा गर्नको लागि आवश्यक पर्ने सबै सुचकहरुको प्राप्ति गरी छिटोभन्दा छिटो बालमैत्री नीलकण्ठ नगरपालिका घोषणा गर्ने र कृषकहरुको लागि उत्पादनमा आधारित कृषि तथा पशुजन्य उत्पादनमा अनुदान दिने नीति नगरपालिकाले लिने समेत बैठकले निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्