देशभर थपिए १६ कोरोना संक्रमित, ११ जना स्वस्थ

धादिङ,१० जेठ ।

देशभर थप १६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घन्टामा देशभर २ हजार ९२० नुमना परीक्षण गर्दा १६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

जसमा १९ सय ९८ आरटी पिसिआर विधिबाट परीक्षण गर्दा ११ जना र ९२२ एन्टीजेन परीक्षणमा ५ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घन्टामा ११ जना स्वस्थ भएका छन् भने मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।

योसँगै हालसम्म कोरोना संक्रमणबाट ११ हजार ९ सय ५२ जनाले ज्यान गुमाएका छन् । देशभर सक्रिय सङ्क्रमितको सङख्या १ सय ३३ रहेको छ । देशभर आजसम्म ११ लाख १९ हजार ३०३ कोभिड संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्