“मेरो उम्मेदवारी कुनै जलबाज र स्वार्थको लागि थिएन” :कल्पना अधिकारी

धादिङ,१० जेठ
आफ्नो उम्मेदवारी कुनै जलबाज र स्वार्थको लागि नभएको उप मेयर पदको स्वतन्त्र उम्मेदवारी दिनुभएको कल्पना अधिकारीले बताउनु भएको छ ।

उप मेयरमा पराजित भएपछिको पत्रकार सम्मेलनमा अधिकारीले संविधानले दिएको अधिकारलाई आफुले प्रयोग गरेको बताउनुभयो । संविधानमा ३३ प्रतिशत महिला सहभागिताको कुरा उल्लेख भएपनि जसरी पनि चुनाव जित्न गठबन्धन गरेको कारणले आफुले स्वतन्त्र उम्मेदवारी दिएको बताउनुभयो ।

आफ्नो उम्मेदवारी स्थानीय तहमा महिलाको अर्थपुर्ण प्रतिनिधित्व रहेको भन्दै आफुलाई मतदान गर्ने र सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो।
निर्वाचन पराजय भए पश्चात घर घरमा गई मतदातालाई धन्यवाद ब्यक्त गर्न असहज भएकोले मिडिया मार्फत नै मतदाता तथा समर्थकलाई धन्यावाद ब्यक्त गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको बताउनुभयो ।

आफु निर्वाचनमा पराजित भएपनि आफुले गरेका प्रतिबद्धता प्रति भने सचेत रहेको बताउनुभयो । नेपाली काग्रेसले टिकट नदिएपछि अधिकारी महासमितिको सदस्य पद धरापमा राखेर स्वतन्त्र उम्मेद्वारी दिनुभएको थियो । गुलावको फुल चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिनुभएका अधिकारीले उपप्रमुख पदमा ४ हजार ६ सय २२ मत प्राप्त गर्नुभएको थियो ।पार्टीको निर्णय विपरित उभिनेलाई नेपाली काँग्रेसले कारबाही गरिसकेको छ ।

No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्