बेनीघाट रोराङ गाउँपालिकाको निर्णय : महिला तथा घरेलु हिंसा मुक्त गाउँपालिका घोषणा गर्ने(यस्ता छन्,३ महत्वपुर्ण निर्णयहरु)

धादिङ,११ जेठ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिकाले पाँच बर्षभित्र महिला तथा घरेलु हिंसा मुक्त गाउँपालिका घोषणा गर्ने निर्णय गरेको छ ।

नवनिर्वाचित जनप्रतिनिधिहरुको पहिलो बैठकले विभिन्न ३ वटा महत्वपुर्ण निर्णय समेत गरेको छ ।

सपथ ग्रहण र पद वहाली भएपछिको पहिलो बैठकले महत्वपुर्ण निर्णय गरेको हो । बैठकको पहिलो निर्णय सहिद तथा बेपत्ता परिवारको आयआर्जनमा लागि सिपमुलक तथा व्यावसायिक कार्यक्रम सन्चालन गर्ने रहेको छ ।

शिक्षाको जग मजबुत बनाई गुणस्तरीय शिक्षा सुनिश्चित गर्न बेनीघाट रोराङ गाउँपालिकाका वालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्ताहरुका लागि मण्टेश्वरी तालिम गर्ने समेत बैठकले निर्णय गरेको छ ।

बेनीघाट रोराङ गाउँपालिकाको सबै वडामा मेलमिलाप केन्द्र सवलिकरण तथा अन्य आवश्यक पुर्वाधार तयार गरी महिला तथा घरेलु हिंसा मुक्त गाउँपालिका घोषणा गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया(विवेक)ले जानकारी दिनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्