थप २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

धादिङ,१२ जेठ ।

नेपालमा थप २१ ज्नामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ३ हजार ६ सय २८ कोरोना परीक्षण गर्दा २१ ज्नामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

जसमा २ हजार २५ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा १४ र १ हजार ६ सय ३ एन्टीजेन परीक्षण गर्दा ७जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्ये थप १३ जना स्वस्थ भएका छन् ।

योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६७ हजार २४ पुगेको छ । गत २४ घन्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन भने ६३ हजार ३ सय ८५ जनाले कोरोना विरुद्वको खोप लगाएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय २९ रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्