गंगाजमुना अध्यक्ष लामाको पहिलो निर्णय : पालिकामा रहेका सबै दलितहरुको स्वास्थ्य विमा

धादिङ,१२ जेठ ।
धादिङको गंगाजमुना गाउँपालिकामा नव निर्वाचित अध्यक्ष भक्त लामा र उपाध्यक्ष रामेश्वर सिंखडाले पदभार ग्रहण गरेका छन् । आज पदभार ग्रहण गर्दै अध्यक्ष भक्त लामाले गंगाजमुनामा पालिकामा रहेका सबै दलितहरुको स्वास्थ्य विमा गर्ने निर्णय गरेका हुन् ।

जेष्ठ ९ गते जिल्लाको सबै पालिका प्रमुखहरुले सपथ लिएसँगै अधिकांश पालिका प्रमुख तथा उप प्रमुखले पदभार ग्रहण गरिसके पनि गंगाजमुनामा भो आज साईत जुराई पुजापाठ गरेर अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहण गरेका हुन् । अध्यक्ष लामा कांग्रेसबाट निर्वाचित भएका हुन् भने उपाध्यक्ष सिंखडा माओवादी केन्द्रबाट विजयी भएका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्