आयल निगमकाे भलवारीस्थित प्रादेशिक कार्यालयमा आगलागी

रुपन्देही, १३ जेठ।

रुपन्देहीको भलवारीमा रहेको नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालयमा आगलागी भएको छ।

आयल निगमको डिपोभित्र डिजल लोड गरेर बाहिर निस्कने क्रममा लु२ख २६५६ र लु२ख ५६८५ नम्बरको  टयांकरमा आगलागी भएको प्रहरीले जनाएको छ।

डिजल र पेट्रोल लोड गरेर बाहिर निस्किने क्रममा आगलागी हुँदा दुईवटा ट्यांकरमा पूर्ण क्षति पुगेको छ। आगलागीबाट ट्यांकरमा पूर्णमात्रामा क्षति पुगेको प्रहरीले जनाएको छ । आगलागी के-कति कारणले भएको हो भन्ने बारे केही खुल्न सकेको छैन । शुक्रबार बिहान ११ बजेतिर ट्यांकरमा आगलागी भएको हो ।

आगलागी हुनासाथ सिद्धार्थनगर, बुटवल र तिलोत्तमा नगरपालिकाको दमकल तत्काल पुगी आगो नियन्त्रणमा लिएका थिए । यस्तै आगलागी नियन्त्रणमा ल्याउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, निगमका कर्मचारी, अग्नि नियन्त्रकसमेत खटिएका थिए ।

आगलागी नियन्त्रणमा करिब एक घन्टामा भएकाे समय लागेको छ । दमकल तत्कालै पुगेकाले आगलागीबाट ठूलो क्षति हुन पाएन । ट्यांकरमा भने क्षति पुगेको छ । क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्