भोलि (शनिबार) धादिङका यी स्थानमा विद्युत सेवा अवरुद्ध हुने

धादिङ,१३ जेठ ।

धादिङमा भोलि शनिबार विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले जनाएको छ ।

शुक्रबार प्राधिकरणको धादिङ शाखाले एक सूचना जारी गर्दै नुवाकोेटको तारुकाघाटदेखी जरे सबस्टेसन तर्फ गएको ३३ के.भी प्रशारण लाइन मर्मत सम्भार गर्नुपर्ने भएकाले भोलि विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।

शनिबार विहान ८ बजेदेखि बेलुका ५ बजेसम्म जरे सबस्टेसनबाट बिद्युत सप्लाई भएका क्षेतहरु गल्छी, गजुरी,बेनिघाट रोराङ, सिद्धलेक गाउँपालिकाको वडा नं ३, ४, ५, ६ र ७ तथा गोरखाको गण्डकी गाउँपालिका लगाएत आसपासका स्थानहरुमा विद्युत सेवा अवरुद्ध हुने सूचनामा भनिएको छ ।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्