अब ६८ वर्षकै उमेरमा वृद्धभत्ता 

काठमाडौं, १५ जेठ । 

सरकारले ६८ वर्षको उमेर पुगेकालाई वृद्धभत्ता दिने भएको छ । 

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले  ६८ वर्ष उमेर पुगेकालाई सामाजिक सुरक्षाभत्ता दिने जानकारी दिएका हुन् । 

हाल ७० वर्ष पुगेकालाई सामाजिक सुरक्षा भत्ता दिँदै आएकोमा सरकारले अब आगामी आर्थिक वर्षदेखि ६८ वर्ष उमेर पुगेकालाई नै दिने व्यवस्था गरेको हो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्