कक्षा १२ को वार्षिक परीक्षा भोलीदेखि,सम्पूर्ण तयारी पूरा

धादिङ,१५ जेठ ।

कक्षा १२ को वार्षिक परीक्षा भोलीदेखि सुरु हुदैँ छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ ।परीक्षाको सबै तयारी गरिसकेको र सम्बन्धित स्थानमा उत्तरपुस्तिकाहरु सबै पुगिसकेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताउनुभयो ।

कक्षा १२ को प्रश्नपत्र हरेक परीक्षा केन्द्रमा अनलाइन माध्यमबाट नै पठाउने तयारी गरेको छ । कोरोना महामारीका कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र प्रकाशन गर्न छाडेको हो । परीक्षा बोर्डले अनलाइन माध्यमबाट पठाउने प्रश्नपत्र परीक्षा केन्द्रले आफैं प्रिन्ट गर्नुपर्नेछ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार बिहान ८ बजेदेखि हुने परीक्षामा अनुसार चार लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्