१० महिनामा बलात्कारका १०६ घटना, ८६ अभियुक्त पक्राउ

झापा,१८ जेठ ।

१० महिनामा झापामा बलात्कारका १०६ घटनामा प्रहरीले ८६ अभियुक्त पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८\७९ को १० महिनामा सबैभन्दा बढी जबर्जस्ती करणीका ७२  जाहेरी परेका छन्। ती घटनामा ५६ अभियुक्त पक्राउ परेका छन्। 

यो अवधिमा बाल यौन दुराचारका १९ र जबर्जस्ती करणी उद्योगका १३ घटना भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले बालयौन दुराचारका १७ र जबर्जस्ती करणी उद्योगका १० अभियुक्त पक्राउ परेको जानकारी दिए। 

चार वर्षीया बालिकादेखि ६० वर्षीया वृद्धासम्म बलात्कृत भएका छन्। पछिल्लो समय बाल यौन दुराचारका घटना बढेका छन्। यस्ता आपराधिक क्रियाकलापमा पढेलेखेका र समाजमा पहिचान बनाएका व्यक्तिको समेत संलग्नता पाइएको छ।

अधिकांश बलात्कार परिवार, नातागोता, शिक्षक र छरछिमेकीबाट भएको पाइएको पाठकले बताए। बलात्कारका घटनाका २० अभियुक्त अझै फरार छन्।–रासस

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्