बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

हेटौंडा, १८ जेठ।

हेटौंडामा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका-९ स्थित कर्रा पुल नजिकै बसले ठक्कर दिँदा अन्दाजी ३४ वर्षीय एक पैदलयात्रीको मृत्यु भएको छ ।

पूर्वबाट आउँदै गरेको बागमती प्रदेश ०३-००१ खा १६३३ नम्बरको बसले बुधबार बिहान पैदलयात्रीलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पैदलयात्रीको सनाखत भएको छैन ।

बसलाई नियन्त्रणमा लिएर आवश्य अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्