थप १४ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित एक सय माथि

धादिङ,१९ जेठ ।
नेपालमा थप १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घन्टामा देशभर २ हजार ५९५ कोरोना परीक्षण गर्दा १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएका छ ।

जसमा १ हजार ४१३ पिसिआर विधिबाट परीक्षण गर्दा ११ र १ हजार १८२ एन्टीजेन परीक्षण गर्दा ३ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्ये थप ८ जना स्वस्थ भएका छन् ।

योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६७ हजार ११० पुगेको छ भने २४ घन्टामा कोरोना संक्रमणका कारण मृत्यु हुने शुन्य रहेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय १ रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्