५ हजार ६०५ कोरोना परीक्षण गर्दा २६ जनामा कोरोना संक्रमण पुष्टि

धादिङ,२० जेठ ।

नेपालमा थप २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घन्टामा देशभर ५ हजार ६०५ कोरोना परीक्षण गर्दा २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएका छ ।

जसमा ४ हजार ५२८ पिसिआर विधिबाट परीक्षण गर्दा १९ र १ हजार ७७ एन्टीजेन परीक्षण गर्दा ७ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्ये थप ९ जना स्वस्थ भएका छन् ।

योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६७ हजार ११९ पुगेको छ भने २४ घन्टामा कोरोना संक्रमणका कारण मृत्यु हुने शुन्य रहेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय ११ रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्