धादिङमा भोलि विद्युत सेवा अवरुद्ध हुने

धादिङ,२० जेठ ।

धादिङमा भोलि शनिबार विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले जनाएको छ ।

शुक्रबार प्राधिकरणको धादिङ शाखाले एक सूचना जारी गर्दै रसुवा नुवाकोट वितरण प्रणली पुननिमार्ण तथा सुभार आयोजना मार्फत देविघाट–धादिङ ३३ के.भी लाइनको बेलकोटगढी नगरपालिका वडा नं ७ रातमाटेमा निमार्ण कार्य गर्नुपर्ने भएकोले भोलि विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।

शनिबार दिनको १२ बजेदेखि अजरान्ह ४ बजेसम्म धादिङबेसी, सल्यानटार र जहरे सबश्टेशनबाट सप्लाईहुने क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने सूचनामा भनिएको छ ।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्