तयारी नपुगेको भन्दै माओवादी केन्द्रको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठक स्थगित

काठमाडौं, २१ जेठ । 

नेकपा (माओवादी केन्द्र)का पूर्वस्थायी कमिटी सदस्यहरूको बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको छ ।  बैठक आज दिउँसो ३ बजे बोलाइएको थियो । 

पूर्वस्थायी कमिटी सदस्य गणेश साहले तयारी नपुगेका कारण बैठक स्थगित गरिएको र भोलि बिहान ८ बजे बस्‍ने भएको जानकारी दिए । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्‍नेछ । 

नेता साहले स्थानीय तह निर्वाचनको समीक्षा र जनप्रतिनिधिहरूले दिएका सुझावबारे छलफल गर्न बैठक बोलाइएको बताए । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्