सिम्लेमा ट्रकको ठक्करबाट अटो चालकको मृत्यु

धादिङ,२१ जेठ ।

धादिङको थांक्रे गाउँपालिका–१ सिम्लेमा ट्रकले अटोलाई ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ ।

शनिबार विहान काठमाण्डौंबाट गजुरी तर्फ आउँदै गरेको ना ६ ख १२७२ नम्बरको ट्रकले विपरित दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०३–००१ ह १८१७ नम्बरको अटोलाई ठक्कर दिंदा अटो चालक नीलकण्ठ नगरपालिका वडा नम्बर ५ खाल्टे घर भई बेलकोटगढी बस्ने अन्दाजी ३०/३५ वर्षका कमल श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

तस्विर सन्दिप रिजालको फेसबुकबाट

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्