थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

धादिङ,२२ जेठ ।

नेपालमा थप १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घन्टामा देशभर २ हजार ६३४ कोरोना परीक्षण गर्दा १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएका छ ।

जसमा १५ सय ७९ पिसिआर विधिबाट परीक्षण गर्दा ९ र १ हजार ५५ एन्टीजेन परीक्षण गर्दा ४ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्ये थप ९ जना स्वस्थ भएका छन्।

योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६७ हजार १३७ पुगेको छ भने २४ घन्टामा कोरोना संक्रमणका कारण मृत्यु हुने शुन्य रहेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय १० रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्