बेनिघाट रोराङ–२ मा करेन्ट लागेर एक जनाको मृत्यु

धादिङ,२३ जेठ ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ छापडाँडामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका १९ वर्षीय ठाकुर मगर रहेका छन् ।

सोमबार बिहान मलेखुबाट ताल्तितर्फ बालुवा लिएर गएको बा.प्र.०३–००१ ख २११३ नम्बरको टिपरको बालुवा झार्न ढाला खोल्ने क्रममा विद्युतको तारबाट करेन्ट लाग्दा टिपरका सहचालक मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्