आज २१ जनामा कोरोना सङ्क्रमण

धादिङ,२३ जेठ ।
पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने कोरोना सङ्क्रमणका कारण कसैको मृत्यु भएको छैन ।

स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९९० जनाको पीसीआर परीक्षणमा ७ जना र १ हजार २५८ जनाको एन्टीजेन परीक्षणमा १४ जना गरी २१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ जना निको भएका छन् भने हाल देशभर १०९ जना सक्रिय सङ्क्रमित रहेका छन् । आज नेपालका नया कोरोना सङ्क्रमित थपिएसँगै सङ्क्रमितको कुल सङ्ख्या ११ लाख १९ हजार ४८१पुगेको छ ।

योसँगै नेपाल मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार १४५ जना सङ्क्रमणमुक्त भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्