ज्वालामुखी–२ सातदोबाटोमा १५ शैयाको अस्पताल शिलान्यास

धादिङ,२६ जेठ
धादिङको ज्वालामुखी गाउँपालिकामा १५ शैयाको पालिका स्तरीय अस्पतालको शिलान्यास गरीएको छ ।

बुधबार एक कार्यक्रमका बिच मैदीमा निर्माण गर्न लागिएको अस्पतालको गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले शिलान्यास गर्नुभएको हो । १८ करोडको लागतमा निर्माण गर्न लागिएको उक्त अस्पतालको निर्माण कार्य १७ महिनामा सक्ने लक्ष्य रहेको छ ।

पालिका स्तरीय अस्पताल निर्माण पश्चात ३ जना डाक्टर सहित २५ जनाको दरबन्दी रहने पालिका अध्यक्ष दनैले जानकारी दिनुभयो ।

ज्वालामुखी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु लोप्पाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष यमनाथ दनैको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा गाउँपालिकाका निवर्तमान अध्यक्ष विनोद तिमल्सिना, उपाध्यक्ष धर्मराज लोहनी, वडा नम्बर १ का अध्यक्ष कृष्ण गिरी, वडा नम्बर ३ का वडा अध्यक्ष उमेश श्रेष्ठको आतिथ्यता रहेको थियो ।

मैदीमा १५ शैयाको अस्पताल निर्माण पश्चात नागरिकहरुले गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा पाउने अध्यक्ष दनैले बताउनुभयो ।

No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्