मोटोपनकाे शल्यक्रिया गरेका व्यक्तिमा क्यान्सरको जोखिम उच्च: अध्ययन

एजेन्सी
न्युयोर्क, २६ जेठ। 

विज्ञहरूका अनुसार मोटोपना क्यान्सरको उच्च जोखिमसँग सम्बन्धित छ । तर, तौल घटाउने शल्यक्रियाले क्यान्सरको जोखिम कम गर्ने एउटा नयाँ अध्ययनले देखाएको छ । अमेरिकन सोसाइटी फर मेटाबोलिक एन्ड बेरियाट्रिक सर्जरीको वार्षिक बैठकमा प्रस्तुत गरिएको अनुसन्धान अनुसार तौल घटाउने शल्यक्रिया जोखिम भए पनि शल्यक्रियापछि क्यान्सरको खतरा कमी हुने देखाएको हो । 

विस्कन्सिनको गुन्डरसेन लुथरन हेल्थ सिस्टमका अन्वेषकहरूले मोटोपना भएका ३ हजार ७७६ वयस्कहरूको अध्ययन गरेका थिए । उनीहरूमध्ये १ हजार ६२० जनाले तौल घटाउने शल्यक्रिया गरेका थिए ।

अनुसन्धानकर्ताहरूका अनुसार तौल घटाउने शल्यक्रिया गरेका व्यक्तिमाभन्दा शल्यक्रिया नगरेका व्यक्तिमा क्यान्सरको जोखिम दोब्बर र क्यान्सरबाट मृत्युको सम्भावना तीन गुणा बढी पाइएको थियो ।

विशेष गरी तौल घटाउने शल्यक्रिया गरेका मानिसमा स्तन क्यान्सर, मृगौलाको क्यान्सर, थाइरोइड क्यान्सर, स्त्री रोगको क्यान्सर, फोक्सोको क्यान्सर र मस्तिष्कको क्यान्सरको जोखिम कम देखिएको थियो ।

‘तौल घटाउने शल्यक्रियामार्फत क्यान्सर जोखिम घटाउने फाइदालाई बेवास्ता गर्न सकिँदैन’, अध्ययनका सह–लेखक तथा गुन्डरसेन लुथरन स्वास्थ्य प्रणालीका चिकित्सक डा.जेरेड आर मिलरले भने । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्