धादिङबेशीमा मखमलको जुत्ता/चप्पल बनाउने तालिम सुरु

धादिङबेशी,२६ जेष्ठ ।

धादिङबेशीमा मखमलको जुत्ता/चप्पल बनाउने तालिम सुरु भएको छ । नीलकण्ठ नगरपालिकाको आयोजनामा गरिवी निवारणका लागी लघु उद्यम बिकास कार्यक्रम भ्म्एब् अन्तरर्गत बिहिबारदेखि धादिङबेशीमा १० दिने मखमलको जुत्ता/चप्पल बनाउने तालिम सुरु भएको हो ।

No description available.

तालिममा नीलकण्ठ नगरपालिका वडा नं ८ र ९ का महिलाहरुको सहभागिता रहेको छ । नगरपालिकाका उप–मेयर दिपक विश्वकर्माको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नीलकण्ठ नगरपालिका वडा न ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठ, वडा न ९ का वडा अध्यक्ष राजन बराईलीको आतिथ्यता रहेको थियो ।

दक्ष प्रशिक्षकबाट व्यवहारिक सिकाई प्रदान गरिने उक्त तालिम असार ४ गतेसम्म सचालन हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्