२ हजार ७५३ परिक्षणमा २२ संक्रमित थपिए

धादिङ,२६ जेठ ।

पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६५५ जनाको पीसीआर परीक्षणमा १२ जना र १ हजार ९८ जनाको एन्टीजेन परीक्षणमा १० जना गरी २२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ९ जना निको भएका छन् भने हाल देशभर ११२ जना सक्रिय सङ्क्रमित रहेका छन् । आज नेपालका नया कोरोना सङ्क्रमित थपिएसँगै सङ्क्रमितको कुल सङ्ख्या ११ लाख १९ हजार ५४७ पुगेको छ ।

योसँगै नेपाल मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार १७१ जना सङ्क्रमणमुक्त भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्