परदेशीका परिवारलाई नीलकण्ठ नगरपालिकाद्वारा शैक्षिक सामाग्री सहयोग

धादिङ,२६ जेठ ।
धादिङको नीलकण्ठ नगरपालिकाले बैदेशिक रोजगारको कारण समस्यामा परेका अभिभावकका वालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ।

सुरक्षित आप्रवासन (सामि) परियोजना अन्तरगत नीलकण्ठ नगरपालिकाले नगरभित्रका १० जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरीएको सामि परियोजनाका कार्यक्रम संयोजक दिनेश दुवाडीले बताउनुभयो।

परदेशमा मृत्यु भएका ४ जना, बेपत्ता भएका १ र भनेको जस्तो कमाई नभएर फर्किएका २, विदेशमा भनेको जस्तो काम र तलब नभएको ३ गरी १० जनालाई शैक्षिक सामाग्री वितरण गरीएको दुवाडीले जानकारी दिनुभयो।

शैक्षिक सामाग्री नभएकै कारण वालबालिकाहरुलाई विद्यालय पठाउन समस्या भएकाहरुको पहिचाहन गरी शैक्षिक सामाग्री वितरण गरीएको मनोविमर्शकर्ता रामकुमार थापाले बताउनुभयो।

व्यक्तिगत मनोपरामर्श कक्षा सन्चालन भईरहेका १० जनाकै बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरीएको हो। नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगाना, उप मेयर दिपक विश्वकर्मा र प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेलेले शैक्षिक सामाग्री वितरण गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नगर प्रमुख भीम प्रसाद ढुंगानाले नगरबासीको सुख दुखमा साथ दिने बताउनुभयो ।डोनर नभएपनि नगरपालिकाले बैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने भन्दै उहाँले वैदेशिक रोजगारको विषयमा कुनै समस्या भए आफुलाई सिधा सम्पर्क गर्नको लागि आग्रह गर्नुभएको छ ।

मनोपरामर्श सेसन पछि आएको परिवर्तन सुनेर आफुलाई खुसि लागेको ढुंगानाले बताउनुभयो । चिन्तामा परेका धेरैलाई चिन्ताबाट मुक्त गराउन र नयाँ जीवनमा फर्काउनको लागि परामर्शले काम गरेको भन्दै मनोसामाजिक समस्या लुकाएर नराख्नको समेत आग्रह गर्नुभयो ।

No description available.
No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्