त्रिपुरासुुन्दरी–५ घिमिरेगाउँको पहिरोमा बेपत्ता खाँडको शव भेटियो

धादिङ,२७ जेठ ।
धादिङको त्रिपुरासुुन्दरी गाउँपालिका वडा नं ५ घिमिरेगाउँमा पहिरोले घर पुरिएर बेपत्ता भएकाको शव भेटिएको छ।

गएराति अन्दाजी साढें १२ बजे घरमाथिबाट आएको पहिरोले घर पुरिएपछि बेपत्ता भएका घिमिरेगाउँका ५५ वर्षीय सिताराम भन्ने नेत्रप्रसाद खाँणको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । शवलाई पोष्टमार्टमको लागि सल्यान्टार लगिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

रातीको समयमा अबिरल वर्षाका कारण भुकम्पबाट पुनःनिर्माण गरिएको घर माथिबाट सडक खनेर थुपारिएको माटोको ढिस्को सहितको लेदोले पुरिएको प्रहरीले जनाएको छ । पहिरोले घर पुरै छोपिएको थियो ।

मृतक खाँण बिहिबारमात्रै पोखराबाट घर आएका थिए । उनको श्रीमती अर्को घरमा सुतेकोले उनी भने पहिरोबाट जोगिएको स्थानीयले बताएका छन् ।

मृतक खाँणको १ छोरा रोजगारीको सिलसिलामा कोरियामा छन् भने बुहारी पोखरामा बस्दै आएको बताईएको छ ।

उद्दार कार्यमा कांग्रेसका नेता तिलक रुवाली, त्रिपुरासुुन्दरी गाउँपालिका अध्यक्ष राजु उप्रेती, उपाध्यक्ष देवराज धरेल, वडाध्यक्ष कुश बहादुर सिटौला, स्थानीयहरु र प्रहरीहरु सहभागि थिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्