सिद्धलेक गाउँपालिकाको विकासको लागि सबै एकजुट भएर लागौँ : प्रमुख प्रशासकीय अधिकृत शर्मा

सिद्धलेक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्माले सिद्धलेक गाउँपालिकाको विकासको लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनु भएको छ । सिद्धलेक गाउँपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा उहाँले समग्र पालिकाको विकासमा आफुले सहयोग गर्ने बताउनुभयो । 

जनप्रतिनिधिहरुले पालिकाका विकासको लागि नीति र योजना बनाउने काम भएको भन्दै त्यसको कार्यान्वयन गर्न कर्मचारी जिम्मेवार बन्नुपर्ने बताउनुभयो । पालिकाले बनाएको कार्यक्रम सम्पन्न गराएर जनताको मन जित्नुपर्ने भन्दै उहाँले विकास निमार्णको कार्यमा सहयोग गर्नको लागि सम्पुर्ण कर्मचारीहरुलाई पनि आग्रह गर्नुभएको छ । पालिकाको विकासको लागि कृषि र सूचना प्रविधिलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनु भएको छ।

स्याङ्जा फेदिखोला गाउँपालिका स्थायी घर भएका शर्मा यस अघि सोहि गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा कार्यरत हुनुहुन्थयो। शर्माले धादिङ र रसुवामा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा समेत काम गरिसक्नु भएको छ । स्वागत कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल, उपाध्यक्ष कमला शर्मा(अधिकारी), सात वटै वडाका वडाध्यक्षहरु, कार्यपालिकासदस्य तथा गाउँपालिकामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्