थामिएन अमेरिकी डलरको भाउ

काठमाडौं, २९ जेठ । 
अमेरिकी डलरको भाउ लगातार उकालो लागिरहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार आइतबार एक अमेरिकी डलरको विनियम दर (बिक्रीदर) १२४. ८४ नेपाली रुपैयाँ पुगेको छ । खरिद दर भने १२४.२४ रहेको छ । 

शनिबार पनि यही भाउ रहेकोमा आज स्थिर छ । शुक्रबार एक अमेरिकी डलरको बिक्री दर १२४.७३ र बिहीबार १२४.६८ रहेको थियो ।

करिब तीन सातामा डलरको भाउमा सामान्य कमी भएकोमा पछिल्ला दिनमा लगातार बढिरहेको छ । 

रुस र युक्रेन युद्धको असरको कारण भारतीय मुद्रा कमजोर भइरहेको छ । भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुँदै गएको छ ।

आज एक युरोको बिक्रीदर १३२.१२ रहेको छ भने यूके पाउन्ड स्टर्लिंग १५५.२६ रहेको छ । त्यस्तै, स्विस फ्रैंकको १२७.०५ अष्ट्रेलियन डलर ८८.९४, जापानी येन ९.३३, चिनियाँ युआन १८.६५, साउदी अरब रियाल ३३.१२ बिक्री दर रहेको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्