जिसस धादिङका पदाधिकारी र सदस्यहरुले लिए सपथ

धादिङ,२९ जेठ ।

जिल्ला समन्वय समिति (जिसस) धादिङका पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । आईतबार जिससका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई एक कार्यक्रमका बीच प्रमाण पत्र सहित सपथ ग्रहण गराइएको हो ।

मनोनयनको अन्तिम समयसिमा शुक्रबार आवश्यक नौ पदमा मात्रै उम्मेदवारी परेको थियो। तोकिएको समयभित्र जिससको प्रमुखमा माओवादी केन्द्रबाट नवराज अधिकारी, उप—प्रमुखमा एकीकृत समाजवादीका कुलमान विश्वकर्मा र सदस्यहरुमा कांग्रेसबाट ७ जना सुकमाया सुनार, कविता विक परियार, बिन्दा विक, उत्तम घले, रविन्द्रजंग तामाङ, रामप्रसाद रिजाल, ईश्वर केसीकोे मात्रै उम्मेदवारी परेपछि सबै जना निर्विरोध निर्वाचित भएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कुनै पनि पदमा उम्मेदवारी नदिएका कारण सत्ता गठबन्धनका सबैजना निर्विरोध निर्वाचित भएका हुन् । जिल्ला समन्वय समितिमा कसैको पनि एकल बहुमत छैन । २ नगरपालिका र ११ गाउँपालिका रहेको धादिङमा नेपाली काँग्रेसले सात पालिकामा प्रमुख र पाँचमा उपप्रमुख जितेको छ ।

माओवादी केन्द्रले ३ प्रमुख ५ उपप्रमुख जितेको छ भने नेकपा एसले १ प्रमुख र ३ उप्रमुख जितेको छ । नेकपा एमालेले २ प्रमुख जितेको छ । जिल्लामा प्रमुख र उपप्रमुख गरी १४ पु¥याउँदा समन्वय समिति एकलौटी बन्छ । तर, कुनैपनि पार्टीको एकलौटी १४ जना प्रमुख र उपप्रमुख पुग्दैन । बुधबार मात्रै सत्ता गठबन्धनका दलहरुले भागबण्डा टुंग्याएका थिए ।

जिससले जिल्ला भित्रका संघ÷प्रदेशका सरकारी कार्यालय र स्थानीय तहबीच समन्वय गर्ने, विकास निर्माणका कार्यहरुको अनुगमन गर्ने,स्थानीय तहहरुको क्षमता विकासको लागि प्रदेश तथा संघसँग समन्वय गरि कार्यक्रम संचालन गर्ने,प्राकृतिक प्रकोप, विपद्ध व्यवस्थापन सम्बन्धी योजना, राहत, वितरण कार्यमा समन्वय र सहजिकरण गर्ने लगायतका कामहरु गर्ने छ ।

तस्विर : धादिङ अपडेट 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्