सुनको मूल्य ३०० रुपैयाँले घट्यो

काठमाडौं, ३० जेठ

सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाली बजारमा आइइबारको तुलनामासोमबार तोलामा ३०० रुपयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार आइतबार प्रतितोला ९९ हजार २०० रुपैयाँ किनबेच भएको सुन सोमबार ९८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । 
तेजाबी सुनको मूल्य भने प्रतितोला ९८ हजार ४०० रुपैयाँ कायम गरिएको छ । 

चाँदीको मूल्य भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार  भइरहेको छ । चाँदीको भाउ पनि १५ रुपैयाँले घटेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्