विश्व रक्तदाता दिवसको अवसरमा धादिङबेशीमा २३ जनाले गरे रक्तदान

धादिङ,३१ जेठ ।

आज विश्व रक्तदाता दिवस, दिवसको अवसरमा धादिङबेशीमा खल्ुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड धादिङबेशीको आयोजना तथा सामाजिक रुपान्तरणका लागि स्थानीय प्रयास नेपालको सहकार्यमा भएको रक्तदान कार्यक्रममा ६ महिला र १७ पुरुष गरी २३ जनाले रक्तदान गर्नुभएको छ । बिहान ७ बजे देखि दिउँसो २ बजेसम्म भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।

यस्तै विश्व रक्तदाता दिवसकै अवसरमा एम्बुलेन्स अंकलका रुपमा परिचित धादिङबेसी बीचबजारका नारायण कुमार श्रेष्ठले ५३ औं पटक रक्तदान गर्नुभएको छ। श्रेष्ठले तीन–तीन महिनामा रगतको आवश्यक परेका बिरामीलाई दिउँसो राति केही नभनी रगत दिँदै आउनुभएको छ।उहाँले कम्तीमा ७५ पटक रगत दिने रहर रहेको बताउनुभएको छ।

No description available.

हरेक दुर्घटना तथा घटना स्थलमा एम्बुलेन्स भन्दा छिटो पुग्ने भएका कारण श्रेष्ठ एम्बुलेन्स अंकलका रुपमा परिचित हुनुहुन्छ। नेपाल रेडक्रम सोसाइटी धादिङ शाखामा आबद्ध श्रेष्ठ हरेक दुर्घटनामा पुग्ने र उद्दार तथा प्राथमिक उपचारका साथै परामर्श दिने गर्नुहुन्छ।

धादिङमा अभियानकै रुपमा रक्तदान कार्यक्रम आयोजना गरिदै आएको छ। जिल्लामा रगतको अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि धादिङमा रगत संकलन गरीदैँ आएको छ।

No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्