छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं, १ असार 

काठमाडौं, चितवन, सर्लाही, धादिङ र मोरङमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । 

काठमाडौंको टोखा नगरपालिका–६ धापासी डाँफे कोलोनी नजिक प्रदेश १–०२१ च २९५६ नम्बरको कार र प्रदेश २–०३५ प ०५२० नम्बरको स्कुटर मंगलबार ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटरमा सवार सोही नगरपालिका–६ धापासी बस्ने ५ वर्षीय प्रियन्स उप्रेती रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि ग्राण्डी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुवै सवारी साधन र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

चितवनको कालिका नगरपालिका–५ सिमाचोकस्थित सडकमा ना.३९ प २९७१ नम्बरको मोटरसाइकल र प्रदेश २–०३–००७ प ५६७५ नम्बरको स्कुटर मंगलबार ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही नगरपालिका–९ बस्ने ५० वर्षीय बल बहादुर तामाङ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । 

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र स्कुटरका चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । 

सर्लाहीको मलगंवा नगरपालिका–६ लखनदेई खोलास्थित सडकमा ज.१ त ३८२४ नम्बरको ट्रयाक्टर मंगलबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टर चालक चन्द्रनगर गाउँपालिका–५ मोहनपुर बस्ने ३२ वर्षीय रविन्द्र साह सोनार रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।

धादिङको निलकण्ठ नगरपालिका–३ इजारास्थित भित्री सडकमा धादिङबेसीबाट जुरेथुमतर्फ जाँदै गरेको बा.१८ च २८२० नम्बरको बोलेरो मंगलबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गाडीमा सवार निलकण्ठ नगरपालिका–२ जुरेथुम बस्ने ३२ वर्षीय प्रेम गुरुङ रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

मोरङको बेलवारी नगरपालिका–४ बेतनामा ना.६ ख ५५४४ नम्बरको ट्रकले को.२० प ७६ ४५ नम्बरको स्कुटरलाई मंगलबार राति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्कुटर चालक बेलवारी नगरपालिका–५ बस्ने २६ वर्षीय बिक्रम राई रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको  बिराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्