अमेरिकी डलरको भाउ उक्लियो 

काठमाडौं, २ असार। 
अमेरिकी डलरको भाउ नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार  अमेरिकी डलरको भाउ १२५ रुपैयाँ २१ पैसा रहेको छ ।  एक महिनादेखि १२४ रुपैयाँ वरपर रहेको डलरको भाउ मंगलबार देखि १२५ रुपैयाँमा उक्लिएको हो । 

युरोपियन युरोमा पनि सामान्य वृद्धि आएको छ । युरो १३१ रुपैयाँ ३० पैसा रहेको छ । अष्ट्रेलियन डलरमा पनि सामान्य वृद्धि आएको छ । अष्ट्रेलियन डलर ८७ रुपैयाँ २ पैसा रहेको छ ।

आज पाउन्ड स्टेर्लिङको भाउ प्रतिपाउन्ड स्टेर्लिङ १५१.६१ रुपैयाँ कायम भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्