पाँच जना मृत अवस्थामा फेला

काठमाडौं, ३ असार 

रसुवा, रुकुम (पूर्व), तेह्रथुम, नवलपरासी (पश्चिम) र सर्लाहीमा पाँच जना मृत अवस्थामा फेला परेका छन् । 

रसुवाको गोसाईकुण्ड गाउँपालिका–१ थुमन बस्ने ४६ वर्षीया वाङमु तामाङ सोही ठाउँस्थित उत्तिसघारी जंगलमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । विगत ५÷७ दिनदेखि घरबाट हराएकी उनको खोजी गर्ने क्रममा  उक्त स्थानमा शव फेला परेको हो । 

रुकुम (पूर्व)को पुथा उत्तरगंगा गाउँपालिका–१४ त्रिबेणीस्थित खोला किनारमा सोही गाउँपालिका–१२ घर भएका ५५ वर्षीय जय बहादुर पुन शुक्रबार मृत अवस्थामा फेला परेका छन् । 

तेह्रथुमको आठराई गाउँपालिका–१ डाँडागाउँ जाने बाटोको जंगलमा सोही ठाउँ बस्ने ३१ वर्षीया तारा भुलेल शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । विगत ६÷७ दिनदेखि हराई बेपत्ता भएकी ताराको उक्त जंगलमा शव फेला परेको हो । 

नवलपरासी (पश्चिम)को सुस्ता गाउँपालिका–२ फेनहरा बस्ने ६७ वर्षीय राधे चमार प्रतापपुर गाउँपालिका–७ सूर्यापुरास्थित गण्डक नहर सूर्यापुरा पावर हाउसको जालीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । 

सर्लाहीको हरिवन नगरपालिका–१० ताईवान टोलस्थित सडक छेउमा हाल पहिचान नखुलेका सोही ठाउँमा मागी खाई हिँड्ने करिब ५५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । 

घटनाहरुको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्